काठमाडौँ । आइतबार दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बैंकिंग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको छ ।