१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाएको छ ।

संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो सुझाव राखेका हुन् ।

‘भोलि शनिबार छ। पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ’ पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने। उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए ।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग छ ।

संसद्का सत्तापक्ष र प्रतिपक्ष आमुनेसामुने भइरहेका बेला सडकमा राजतन्त्र पक्षधरहरूको गतिविधि बढेको छ । शुक्रबार समाजवादी मोर्चाले राजधानीमा गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ भने राजावादीले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।

राजावादीको प्रदर्शन हिंसात्मक भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेले सर्वदलीय बैठक राख्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस