१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त

अ+ अ-

काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालिन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारे चासो व्यक्त गरेकी छन् ।

आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरवारमा भेटेर संक्रमणकालीन न्यायको काम अघि बढाउन भइरहेको क्रियाकलापबारे जानकारी लिएकी हुन् ।

त्यसक्रममा उनले संक्रमणकालीन न्यायका काम अघि बढाउन आवश्यक पर्ने सहयोग र सहजीकरणको लागि संयुक्त राष्ट्रसंघ तयार रहेको जानकारी दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

नेपालको शान्ति प्रक्रिया अघि बढाउने कामबारे संयुक्त राष्ट्रसंघले चासो दिइरहेको उल्लेख गर्दै उनले छिट्टै दुई आयोग गठन भएर अरु प्रक्रिया अघि बढ्नेमा आफू आशावादी रहेको बताइन् ।

सरकारले अघिल्लो साता संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिले पूर्णता पाएपछि आईतबार औपचारिक रूपमा काम सुरु गरेको छ । आइतबार प्रधानमन्त्री ओलीका सल्लाहकार खरेल अग्नि, कानुनमन्त्री अजय चौरसिया समेतको उपस्थितिमा परिचयात्मक कार्यक्रम भएको थियो । त्यसलगत्तै आईतबार नै समितिको औपचारिक बैठक समेत बसेको छ । सरकारले कानुन मन्त्रालयमा समितिको सचिवालय स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस