काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने भएको छ ।
सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
यही मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने गरी दल दर्ता गर्ने निर्णय गरेको थियो । कार्यदलले आयोगमा दर्ता भएका पार्टीहरू मध्येबाट कुनै एक नाम राख्ने कि नयाँ नाम जुराएर दर्ता गर्ने विषयमा छलफल भएको तर निष्कर्षमा नपुगेको बताइएको छ ।