२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले भन्यो-‘रवीन्द्र मिश्र र दुर्गा प्रसाईँको अभिव्यक्तिपछि भिडले आगजनी थाल्यो’

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईँको अभिव्यक्तिको समेत मुख्य भूमिका रहेको दाबी गरेको छ ।

नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीमण्डपमा गरेको पत्रकार सम्मेलनमा मिश्र र प्रसाईँको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजनी गर्ने भन्न थालेको उल्लेख गरेको हो ।

‘मञ्चबाट पनि सिंहदरबार कब्जा गर्ने, संसद् भवन कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने भन्ने हिसाबले जुन हिसाबले दुई जना व्यक्तिहरूले रवीन्द्र मिश्र र दुर्गा प्रसाईँले अभिव्यक्ति दिएपछि त्यहाँ भएको सबै भिड सबैतिर तोडफोड आगजनी गर्छौँ, सबै ठाउँमा आगो लाउँछौँ, व्यक्तिको घरमा आगो लगाउँछौँ भनेर मञ्चबाट खुल्लम खुला बोलेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने ।

त्यसबेला प्रहरीले यो समूहमाथि कारबाही गर्नुपर्ने अवस्था ढिला भइसकेको र सबैतिर फैलिएर छिटपुट घटना समेत गराइसकेको अवस्था रहेको उनले भनेका छन् ।

शुक्रबार भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन् । प्रहरीले चलाएको गोलीबाट मात्रै २० जना घाइते भएका छन् । तीमध्ये १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।