११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानभित्रै समस्याको समाधान खोज्नुपर्छ’ : डा. शेखर कोइराला

अ+ अ-

मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानको दायराभित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। मोरङको बुढीगंगा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संविधानले शान्तिपूर्ण आन्दोलनको अधिकार सबैलाई दिएको उल्लेख गरे। तर, हिंसा, आतंक, तोडफोड र आगजनी जस्ता कार्यहरू नेपाली काँग्रेसलाई स्वीकार्य नहुने उनले प्रस्ट पारे।

नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। उनले सरकारले छानबिन समिति गठन गरी सो घटनाको यथाशीघ्र अनुसन्धान गरेर नेपाली जनतालाई विश्वास दिलाउनुपर्ने बताए।

उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरूले आफूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए। ”अहिलेको अवस्थामा राजनीतिक दलहरूले आफूलाई सुधारेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने। नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दल मिलेर सरकार बनाउँदा संविधान संशोधन, सुशासन, आर्थिक विकास र रोजगारी सिर्जनाको प्रतिबद्धता व्यक्त गरिए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ थियो। उनले दलहरूले आफ्ना प्रतिबद्धता जतिसक्दो चाँडो पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

नेता कोइरालाले नेपालमा कृषि, जलविद्युत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यिनको उचित उपयोगबाट युवाहरूलाई स्वरोजगार बनाई नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सकिने बताए। ”यी क्षेत्रको विकासले नेपाललाई समृद्धिको बाटोमा लैजान सकिन्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस