२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

अ+ अ-

बागलुङ । चैते दसैँको अवसरमा कालिका मन्दिर पुग्ने जंगलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घर खर्चको जोहो गरिरहेका छन् ।

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनीहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घर खर्चको जोहो गरिरहेका हुन् । नौमध्ये दुई जना मात्रै सबालांग छन्। उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन् ।

बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बाल उद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।

नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उनले जानकारी दिए ।  

“अपांगता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिँड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च संकलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उनले भने, “कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ । सङकलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।”

दाताहरूले दिएको  थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए । समूहमा सात जना अपांगता भएका व्यक्ति रहेको जनाउँदै उनले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ ।

“सबैमा ढाडको समस्या छ, उहाँहरू हिँड्न सक्नुहुँदैन । ह्विलचियरमा बसेरै बाजा बजाएर संकलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैते दसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कने योजना छ”, थापाले भने, “अपांगताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ ।”

शारीरिक अपांगता भएकाले टाढा टाढा जान भने समस्या भएको धना मगरले गुनासो गरिन् । “शारीरिक रूपमा अशक्त भए पनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उनले उनले । उनले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाइन् ।