६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पाण्डेले भने-‘नेपाल वेद र बुद्ध दुवैको भूमि हो’

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन्।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित कान्ति भैरव गुरुकुलले मंगलबार (आज) आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएजस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्ने उनले बताए।

नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै उनले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको पनि बताए।

‘संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यसअनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावनाअनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ, संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा स्थापित गर्न गृहकार्य भइरहेको छ,’ उनले भने।

राम्रोसँग संस्कृत र अङ्ग्रेजी जानेकाको आवश्यकता अहिले विश्वमै रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाल संस्कृत विश्विद्यालयका विद्यार्थीले अहिले विश्वमै उत्कृष्ट ठहरिएका विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेको जानकारी दिए। संस्कृतको उन्नयनमा जयतु संस्कृतम् संस्थाको पनि भूमिका रहेको उल्लेख गर्दै उनले सबै संस्थालाई जोडेर अघि बढ्नुपर्ने बताए।

नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रूपमा यसलाई विश्वमा स्थापित गर्न सकिने मन्त्री पाण्डेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस