काठमाडौँ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ ।
उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौँ ल्याइएको हो ।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डिएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ ।
तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईँमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।
प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौँ लग्नेछ ।