काठमाडौँ । लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका-१३ बाफलबाट नागार्जुन नगरपालिका-७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दीप बोहरा, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद रु ९० हजारसहित मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमीला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह पक्राउ परेका प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ बाट धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय जुनेत अन्सारीसहित तीन जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बिजला टोलबाट सोही ठाउँका २४ वर्षीय अभिषेककुमार चौधरी र रामधुनी नगरपालिका-३ बस्ने २२ वर्षीय मनिष तामाङ, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-७ लाक्चाम टोलबाट म्याङलुङ-८ कोबेकका १८ वर्षीय किशोर पक्राउ परेका प्रहरी चौकी जिरीखिम्तिले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका-१० बस्ने २३ वर्षीय महेश बोगटी, धनगढी उपमहानगरपालिका-२ बाट कञ्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौरीगंगा नगरपालिका-३ कुचैनीबाट सोही स्थानका १५ वर्षीय किशोर, धनगढी-२ बाट गोदावरी-२ बस्ने २१ वर्षीय अमिश सार्की, जानकी गाउँपालिका–३ बाट सोही स्थानका २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।