२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षामन्त्री राईले भने-‘ऐनहरू पारित हुन नसक्दा नेपाल धेरै पछि परेको अनुभूति भएको छ’ 

अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विभिन्न ऐन पारित हुन नसक्नुले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभूति भएको बताएका छन्।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिलेसम्म निजामती कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले नेपाल धेरै पछि परेको अनुभूति भएको  उल्लेख गरेका छन्। 

उनले विधेयकमा धेरै कुरा मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे। उनले निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभई सबैको साझा विषय भएको बताए। उनले सरकारले समस्या फुकाउँदै छिटो ऐन पारित होस् भन्ने चाहेको बताए।

रक्षामन्त्री राईले भने, ‘विधेयकमा विमति रहेका विषयहरू पनि मलाई लाग्छ आउँदो केही दिनभित्र सहमति गरेरै टुंग्याउँछौँ। अन्तिममा हामी सहमतिमा पुग्ने हाम्रो परम्परा छ। निजामती सेवा ऐन बनाउने कुरा साझा विषय हो। राजनीतिक विषय नभएकाले यो विषयमा हामी सहमतिमै पुग्छौँ। आजसम्म हामी निजामती सेवा ऐन लागू गरिसकेका छैनौँ। विद्यालय शिक्षा ऐनको कुरा पनि बाँकी नै छ। सरकार समस्या फुकाउन चाहन्छ। ऐनहरू छिटो बनोस् भन्ने कुरा चाहन्छ।’

मन्त्री राईले निजामती सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गरेका छन्।