काठमाडौँ । बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको डिजिटल कार्ड छाप्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसको तयारी गरिरहेको छ ।
मन्त्रालयले ४ वैशाखमा विद्युतीय बोलपत्र आह्वान गर्दै तीन वटा लेजर प्रिन्टर (कार्ड छाप्ने मेसिन) खरिदको लागि बोलपत्र जारी गरिसकेको छ । लेजर प्रिन्टरबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) र ब्लु बुक (सवारी दर्ता प्रमाणपत्र) को डिजिटल कार्ड छापिने यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ४ वैशाखमै डिजिटल कार्ड खरिदको लागि पनि बोलपत्र आह्वान गरेको छ । लाइसेन्सको लागि २ लाख ३५ हजार कार्ड र ब्लु बुकको लागि ३ लाख कार्ड खरिद गर्न बोलपत्र आह्वान गरिएको मन्त्रालयको भनाई छ ।
यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर सम्बन्धित यातायात कार्यालयहरूमा पठाउने गरेको थियो ।