२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिता डंगोलको जिकिर-‘महानगरमा झगडा छैन, सोसल मिडियामा छ’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् ।

‘महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने सोसल मिडियामा छ’, उनले भनिन् ।

बिहीबार काठमाडौँको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराईले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताइन् ।

उनले विभिन्न भिडिओ, फोटोहरूको जबरजस्ती एडिट गरेर यस्तो देखाइएको उनले बताइन् । ‘अब जबरजस्ती भिडिओ एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको भिडिओ जबरजस्ती मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन’, उनले भनिन्, ‘कता कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि मेरो भन्नु केही छैन ।’

यद्यपि संस्थागत रूपमा केही पनि झगडा नभएको तर प्रजातन्त्रमा वाद, विवाद र संवाद हुनुपर्ने बताइन् । ‘तर अ्याज एन इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु माइ पिपल । महानगरपालिकालाई मैले झगडा गरेको कारणले अहित हुन्छ भने म झगडा गर्दिनँ । तर त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद, विवाद अनि संवाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन सल्लाह गर्ने हो । संवाद गर्ने हो । निचोडमा ल्याउने हो । र त्यसमा हरदम प्रयास गर्छु’, उनले भनिन् ।

त्यस्तै, उनले महानगरको खर्च कम हुनुमा १०४ दिन प्रमुख प्रशासकीय अधिकृत नभएर त्यस्तो अवस्थाको सिर्जना भएको बताइन् । ‘खर्चको कुरामा पनि गरिहाल्नुभो । महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने सिग्नेचर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि ठप्प भएको हो । तर प्रमुख प्रशासकीय अधिकृतले अहिले काम थाल्नुभएसँगै त्यो दिन समस्या भएको दिन होइन, १०४ दिन ठप्प भएको समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले पनि कुन हिसाबले विश्लेषण गर्छ भन्ने कुरा मेरो होइन हाम्रो मिडियाको काम हो । म मेरो काम चाहिँ एकदमै बफादार छु । यहाँ आफैँ प्रमुख हुनुहुन्छ । उपप्रमुखलाई खर्च किन भयो भएन भनेर के सोध्नु ?’, उनले भनिन् ।