२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सातै प्रदेशमा जलनको सघन उपचार व्यवस्था स्वागतयोग्य’-विन्दवासिनी कंसाकार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दवासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताएकी छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलनको सघन उपचार सेवा विस्तार गर्ने नीतिको प्रशंसा गरिन् । 

 “तर जलन सघन सेवा विस्तारका नाममा छुट्टाइएको रकम अन्य पूर्वाधार विकासमा खर्च गर्न हुँदैन, यसो गरियो भने जनताको विश्वासमा ठेस पुग्छ”, उनले भनिन्, “समयमा नै उपचार नपाउँदा जलनबाट घाइतेहरूले अकालमा ज्यान गुमाइरहेका छन् ।” 

उनले आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध गराउन सुझाव दिइन् । आफ्ना लागि आफैँ केही गर्न नसकेका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्ने व्यक्तिलाई निरन्तर हेरचाह गर्न सहयोगीको व्यवस्था हुनुपर्ने माग उनको छ । 

यसैगरी सांसद मेटमणि चौधरीले सरकारको लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली भएकाले  लक्ष्य पूरा हुनेमा कुनै उत्साह नथपिएको बताए । सरकारले आफ्नो लक्ष्य पूरा गर्न  नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनको सुझाव छ । 

“वैदेशिक घाटा न्यूनीकरणका लागि स्पष्ट नीति आएन । हामी कानुनी राज्यको कुरा गर्छौँ । तर भागबन्डाको आधारमा नियुक्ति प्रक्रिया हुन्छ । अनि त्यो राजनीतिक दलप्रति जिम्मेवार बन्छ । उ नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार बन्न सक्दैन”, उनले भने ।  

सांसद रन्जुकुमारी झाले सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधान सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीति स्वागतयोग्य रहेको  बताइन् । जलवायु परिवर्तन, युवा महिला, उद्यम विकासलगायतका विषय राम्रो रहेको उल्लेख गर्दै झाले  कार्यान्वयनमा उदासीन नहुन सुझाव दिइन । 

सांसद प्रकाश अधिकारीले स्रोत साधनको भरपुर उपभोग हुनुपर्ने र कृषि, प्राकृतिक स्रोतको उपभोग, पर्यटन विकास आयआर्जनको क्षेत्र रहेकाले यिनीहरूलाई प्राथमिकताको क्षेत्रका रूपमा हेर्नुपर्ने बताए । स्नातक नपढ्दै विदेश पलाएकालाई पढ्दै कमाउँदै नीति प्रभावकारी हुने उनको भनाइ छ ।