काठमाडौँ । कार्यविधि विपरीत भिआइपीहरूलाई पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) दिइएको खुलेको छ ।
महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) दिइएको औँल्याएको हो ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा र व्यवस्थापन कार्यविधि, २०८१ मा भिआइपी व्यक्तिलाई दिइने सुरक्षाकर्मीबारे उल्लेख छ ।
उक्त कार्यविधिअनुसार बहालवाला अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई ३४६, पूर्व पदाधिकारीलाई १३०, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार ३० गरी ५०६ जना खटाउन सकिने उल्लेख छ ।
तर गृह मन्त्रालयले यो वर्ष बहालवाला विशिष्ट व्यक्तिहरूको वैयक्तिक सुरक्षामा नेपाल प्रहरीबाट ५९७ र सशस्त्र प्रहरीबाट ३७७ गरी ९७४ सुरक्षाकर्मी खटाएको औँल्याएको छ ।
यसरी कार्यविधि विपरीत सुरक्षाकर्मी खटाउँदा यति नियमित काममा भने जनशक्ति कम भएर असर पर्ने गरेको छ ।







