२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिको आधुनिकीकरणमार्फत कृषकको जीवन उकास्नुपर्छ : मन्त्री अधिकारी

अ+ अ-

चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषकको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन् । 

आज यहाँ आयोजित जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको रजतजयन्ती समारोहमा कृषकको अवस्था सुधारका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताए । 

मन्त्री अधिकारीले भने, “कृषि क्षेत्रलाई स्थापित गर्न सके नेपाली युवाहरू विदेशिनबाट रोक्न सकिन्छ । यसका लागि आधुनिकीकरण आवश्यक छ । यसका लागि लगानी बढाउनुपर्नेछ, आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई सहुलियतका कार्यक्रम समावेश गर्ने गरी काम गरिएको छ ।” कृषिमा लगानी बढाउँदै निजी क्षेत्रसँग सहकार्य गर्ने गरी काम गरिने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले यस वर्षदेखि कृषकले विगतमा जस्तो मल नपाउने समस्या समाधान हुने भन्दै मल वितरण प्रणालीलाई संशोधन गरेर चुस्त बनाइएको बताए। सरकारले दुग्ध उत्पादक किसानलाई दिनुपर्ने रकम दिइरहेको बताउँदै उनले अब बाँकी रकम दिने गरी काम गरिएको बताए। मन्त्री अधिकारीले भने, “म मन्त्रालयको जिम्मेवारीमा आउँदा रु दुई अर्ब कृषकलाई तिर्न बाँकी रहेकामा हाल रु २० करोड मात्रै बाँकी छ ।” 

संस्थाका अध्यक्ष धर्मराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेललगायतले धारणा राखेका थिए । त्यस अवसरमा स्मारिका विमोचन, शिलालेख अनावरणसमेत गरिएको थियो ।