काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे बोलाएको बैठक केहीबेर ढिला गरी शुरु भएको हो।
बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही महत्वपूर्ण प्रशासनिक निर्णयहरू हुने जनाइएको छ । प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, आजको बैठकले प्रशासन र प्राविधिकतर्फ एक–एक गरी दुई जना सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गर्ने निर्णय गर्नेछ।
बढुवासँगै यी दुई सचिव र केही दिनअघि बढुवा भएका शोभाकान्त पौडेल गरी तीन जना सचिवको पदस्थापन हुने सम्भावना छ। पदस्थापनका क्रममा केही सचिवको सरुवा पनि हुन सक्ने जानकारी सिँहदरबार विशेष ब्युरोलाई प्राप्त भएको छ।
बैठकले अन्य नियमित प्रशासनिक र नीतिगत विषयमा समेत छलफल गरी आवश्यक निर्णयहरू लिन सक्ने जनाइएको छ ।







