२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सिएको गगन थापाको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा काँग्रेस-एमाले गठबन्धन सरकारले भुलेको बताएका छन् ।

काँग्रेस र एमाले सरकार चलाउन मस्त हुँदा संविधान संशोधनको मुख्य वाचा नै बिर्सिएको उनको भनाइ छ ।

बाँके क्षेत्र नम्बर-२ को सम्मेलनलाई मंगलबार सम्बोधन गर्ने क्रममा थापाले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा रहेका कमजोरी सुधार्ने काँग्रेसले जिम्मा लिएर नागरिकलाई भन्न सक्नुपर्ने उनले बताए ।

‘काँग्रेसले नागरिकलाई भन्नुपर्दछ, बाटो खराब होइन । हामीले रोजेको नयाँ बाटो हो । बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ,’ थापाले भने, ‘गाडीलाई चालकले ठिक तरिकाले चलाइरहेको छैन भने चालकलाई बदलिदिनु पर्दछ ।’

गाडीको चालक परिवर्तन गर्न नखोजेर बाटै नयाँ खोज्नुतिर लाग्न नहुने उनले बताए ।

यही व्यवस्थाभित्र नागरिकको अपेक्षा सम्बोधन गर्न सकिने भरोसा काँग्रेसले दिन सक्नुपर्ने उनले बताए ।