२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव सापकोटाको दाबी-‘गृहमन्त्रीले चाहँदा पनि सत्तारुढ गठबन्धनले राजीनामा नदिन दबाब दियो’

अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरण सार्वजनिक भई संसद् अवरोध भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्न चाहेको तर सत्तारुढ गठबन्धनले रोकेको प्रमुख प्रतिपक्षी माओवादीका सांसद माधव सापकोटाले दाबी गरेका छन् । 

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् अवरुद्ध कायमै रहने पनि उनले बताए ।  

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले गृहमन्त्री लेखकले राजीनामा दिन चाहेको देखिएको बताए ।

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सापकोटाको भनाइ थियो ।

‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो भने छानबिन गर्नुपर्‍यो भन्ने हो । यो एउटा सामान्य विषय नभई राष्ट्रिय मुद्दाको रूपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएकोले निष्पक्ष रूपले छानबिन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ, ‘उनले भने, ‘उहाँहरू छानबिनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ ।’

भिजिट भिसा प्रकरणमा भएका कामकारबाही र क्रियाकलापका बारेमा छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्छ भन्ने विपक्षी दलहरूको प्रमुख माग रहेको सापकोटाको भनाइ छ । 

छानबिनलाई प्रभावकारी बनाउन नैतिक रूपमा गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुने उनले बताए ।