काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ ।
आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरेपनि छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने माग गरिरहेका छन् ।







