काठमाडौँ । डेढ घण्टा बित्दासम्म संसद् बैठक सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।
अहिले थप रणनीति बनाउन ‘प्रचण्ड’ले विपक्षी दलको बैठक राखिरहेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
विपक्षीले असहयोग गरे पनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् ।







