२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा पुरानोकोट गढी पुनः निर्माण

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले पुरानोकोट गढी पुन:निर्माण गरेको छ । बेँसीसहर नगरपालिका-१ मा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणले समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको बेँसीसहर-४ स्थित उक्त गढीको पुन:निर्माण गरेको हो ।

पश्चिम हेडक्वाटरका पृतनापति उपरथी मधुकरसिंह कार्कीले आज एक कार्यक्रमबीच पुन:निर्माण गरिएको पुरानोकोट गढी बेँसीसहर नगरपालिकालाई हस्तान्तरण गरे । उनले नेपाली सेनाले यस्ता पुरातात्त्विक महत्वका गढीलगायत स्थलको पुन:निर्माण तथा संरक्षण गर्दै आएको बताए । 

त्यस्तै, बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यस्ता पुरातात्त्विक महत्वको स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए । यस्ता स्थल पर्यटकीय गन्तव्य र इतिहासको साक्षी बन्ने उनले बताए ।

चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत जनहित कार्मक्रमअन्तर्गत ऐतिहासिक महत्वको पुरानोकोट गढीको मर्मतसम्भार गरेको र गढीको सरसफाइ गरी नयाँ सामग्रीको प्रयोग गरेर पहिलाकै आवरणको संरचना निर्माण गरेको बताउनुभयो । पुरातत्त्व विभागबाट प्राप्त स्टिमेटका आधारमा नेपाली सेनाले जीर्ण गढीको मर्मत गरेको उनको भनाइ छ । 

ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्वका दरबार, गढी, किल्ला, पदमार्गहरुको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाले जिम्मेवारी क्षेत्रमा रहेका गढी किल्लाहरूको मर्मतसम्भार गर्ने कार्यक्रम तय गरेअनुसार गणको जनशक्तिबाट पुरानोकोट गढीको मर्मत कार्य गत माघ २८ गतेदेखि थालनी गर्दै केही समयअघि सम्पन्न भएको हो”, प्रमुख सेनानी कार्कीले भने । करिब रु सात लाख बजेटमा सो स्थलको पुन:निर्माण गरिएको हो । 

पुरानोकोट गढी तत्कालीन लमजुङका राजा यशोबह्म शाहले १६औँ शताब्दीमा बनाएका हुन् । सामरिक महत्वको यो गढी तत्कालीन लमजुङ राज्य गाउँशहरको पश्चिमतर्फको प्रमुख सुरक्षा स्थल मानिन्छ । शाहवंशीय राज्यकालको उद्गम थलो लमजुङ हो भने त्यसैको विरासत र साक्षी हो पुरानोकोट गढी । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई १५४० सालमा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ ।

सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५५० असार १५ गते राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहास छ । यशोबह्म शाहको पालामा निर्माण भएको पुरानोकोट गढी उनका छोराहरुको पालासम्म पनि प्रयोग भएको थियो । तर पछि शाह राजा हटेपछि भने सो गढी भग्नावशेष हुँदै गएको थियो ।

शाह राजाहरु बसेको लमजुङ दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षदेखि पुन:निर्माण थालनी गरे पनि बजेट अभावमा सम्पन्न हुन सकेको छैन । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको निर्माणाधीन लमजुङ दरबारले गति लिन सकेको छैन । बजेट अभावमा लामो समयदेखि निर्माण कार्य अलपत्र छ । लमजुङ दरबार दुई वर्षभित्र सक्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि सुरु भए पनि अझै अपूरो रहेको छ ।