२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’

अ+ अ-

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुबान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जंगल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए । 

“प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएका छौँ”, वडाध्यक्ष थारुले भने,“अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हटेको छ ।”

उनका अनुसार, लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अव तटबन्धनमा तारजाली र ढुङ्गा बिछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिए । 

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर एक सय ८० मिटर लामो तटबन्धन गरिएको छ । विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । 

यो तटबन्धनपछि अव वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ । तटबन्धनले राप्ती सोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ,ढकेरी र पम्पबजार डुबान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताए। 

उनले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अव नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताए । 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अव जनताले छुटकारा पाएको बताए । उनले राप्ती सोनारी गाउँपालिकामा भत्ता खोला जस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुवानमापर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गरे ।