काठमाडौँ । पर्साको रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक चन्देश कुमार चौहानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चौहानविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरिएको हो ।
चौहान मिति २०६०/०८/०५ मा नि.मा.वि. तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई नि.मा.वि. द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि मगध युनिभर्सिटी बोध गयाबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी मिति २०७०/०४/०८ मा नि.मा.वि. द्वितीय श्रेणीमा पदोन्नति भई लाभ, ओहदा र सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ ।








