काठमाडौँ । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।
बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको कारोबार भएको छ ।







