काठमाडौँ । नेपाल टेलिकमको तामाको तार तथा विभिन्न व्यक्तिको घरायसी तामाका भाँडाहरू चोरी अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।
नेपाल टेलिकमले पोखरा १४, छिनेडाँडा क्षेत्रबाट तार चोरी भएको जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले गरेको अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथमा टेलिकमको तारको बाहिरको प्लाष्टिक ढडाएर कुच्याएर राखिएको तामाको तार, विभिन्न घरायसी भाँडा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
हाल पक्राउ गरी उनीहरूलाई प्रहरीले कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।







