२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेलले भने-‘खेलाडी उत्पादन गाउँ र विद्यालयमा राज्यले लगानी गर्न जरुरी छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन् । 

दशरथ रंगशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रूपमा उभ्याउन योगदान दिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारेका छन् ।

उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भने, ‘यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रूपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ।’

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको जनाउँदै अनुपम भौगोलिक विशेषताअनुसारका साहसिक खेलप्रति विश्वजगत्को आकर्षणलाई मध्यनजर गरी यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने भनाइ व्यक्त गरेका छन् ।

उनले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने बताए ।

राष्ट्रपति पौडेलले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको जनाउँदै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तरराष्ट्रिय स्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुसीको विषय भएको बताए ।

उनले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गए पनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तरराष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा सरकारले काम गर्दै आएको बताए । यस प्रतियोगिताबाट खेलाडीको उत्पादन हुनुका साथै खेलाडीको प्रतिभासमेत प्रस्फुटन हुने बताए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि खेलाडी सहभागी भएकामा खुसी व्यक्त गरे । आजदेखि सुरु भएको पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ। उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल समावेश गरिएको छ ।