२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अब माध्यमिक तहसम्मको जिम्मा पालिकालाई दिने तयारी’-शिक्षामन्त्री पन्त

अ+ अ-

काठमाडौँ। विज्ञान प्रविधि तथा शिक्षामन्त्री रघुजी पन्तले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा पालिकालाई दिने गरी सरकारले तयारी गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट मन्त्री पन्तले सो कुरा बताएका हुन्।

उनले विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालय गाभेर शिक्षक र विद्यार्थीको सङ्ख्या पूरा गर्ने र यसबाट आर्थिक भार पनि कम पर्ने भन्दै यसका लागि पालिकाले पनि सघाउनुपर्ने बताए।

यसैगरी मन्त्री पन्तले एक महिनाभित्र विद्यालय शिक्षा ऐन जारी हुने र शिक्षक समायोजन तथा विद्यालय गाभ्ने प्रक्रिया पनि सुरु गरिने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आशनबाट संघीय संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यालयले प्रमाणपत्र मात्र दिएर शिक्षा दिएको नठानिने हुँदा अब सीप र क्षमता दिनुपर्ने बताए।

उनले मुलुकको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्नु आवश्यक रहे पनि नेपालको शिक्षा कहिले बेलायती मोडल र कहिले भारतीय मोडलमा जाँदा यता न उताको भएको भन्दै अब नेपाली मोडलको शिक्षा आवश्यक रहेको बताए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विद्यालयमा दरबन्दी कम रहेको, नगरपालिकाले शिक्षाका लागि मात्र वार्षिक तीन करोडभन्दा बढी खर्च गरिरहेको बताउँदै शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्री पन्तको ध्यानाकर्षण गराए।