काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी उक्त नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२०१/०८१-८२ (मधेशी), कृषि सेवा, एगृ. इको., समूह, मार्केटिङ एण्ड स्टाटिष्टिक्स उपसमूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२००/०८१-८२ (आ.प्र.), कृषि सेवा, एगृ. इको., समूह, मार्केटिङ एण्ड स्टाटिष्टिक्स उपसमूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।


यसै गरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९९/०८१-८२ (दलित), कृषि सेवा, बाली संरक्षण समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं १७१९८/०८१-८२ (आ.प्र.), कृषि सेवा, बाली संरक्षण समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि आजै प्रकाशन गरेको छ ।









