काठमाडौँ । एक सचिवसहित १० जना सहसचिवको सरुवा गरिएको छ । न्याय सेवा आयोगले आइतबार सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
केही दिनअघि मन्त्रालयका सचिव उदयराज सापकोटा अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो ।
यसैगरी, न्याय समूहअन्तर्गत उच्च अदालतका रजिस्ट्रार सूर्यवंश शर्मा कँडेल र यमप्रसाद बास्कोटा तथा सर्वोच्च अदालतका सह-रजिस्ट्रार अमित उप्रेतीको पनि सरुवा भएको छ ।
त्यस्तै, सरकारी वकिल समूहमा सह-न्यायाधिवक्ताहरू ईश्वरीप्रसाद ढकाल, सन्देश श्रेष्ठ, यदुनाथ शर्मा, कोषहरि निरौला, अशोकराज रेग्मी, रामहरि शर्मा काफ्ले र विवेक बरालको सरुवा गरिएको छ ।









