२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द

अ+ अ-

चितवन । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ ।

नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए। विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य केन्द्र बन्द भएका हुन् ।

ज्यालादारीमा रहेका दुईजना एम्बुलेन्स चालक हटेपछि नि:शुल्क सेवा दिँदै आएका दुईवटा एम्बुलेन्स पनि थन्किएका छन् । नगरप्रमुख लामाले नियमित परीक्षणका लागि क्यान्सर, मिर्गौला, मुटुलगायत बिरामीलाई अस्पतालसम्म नि:शुल्क लैजाने काम प्रभावित भएको बताए ।

नगरपालिकाको भण्डारा अस्पतालका पाँचमध्ये तीन जना चिकित्सक हटाएपछि चौबीसघण्टे सेवा प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद हुन नसकेर आंशिक रूपमा दिइएको सेवा पनि औषधिको अभावमा दुई दिनमा बन्द गर्न बाध्य हुने अवस्था आएको लामाले जानकारी दिए।