२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

अ+ अ-

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरु भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् ।

गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यहाँको पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आइरहेका थिए ।

खाँडादेवी गाउँपालिकाको वडा नं ४ पुछिघाट र सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं ६  चैनपुर जोड्ने एक सय ८० मिटर लम्बाइको पुल रामेछापतर्फको ३० मिटर भाग भने बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । विद्यार्थी, कर्मचारी र किसानलाई वर्षात्मा आवतजावत गर्न सहज होस् भनेर खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गको रु चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए।

यस गाउँपालिकाअन्तर्गतका कोथवे, बेलघारीलगायत अन्य स्थानका झोलुङ्गे पुल आंशिक रूपमा मात्र क्षति भएका कारण यसअघि नै स्थानीय स्रोतसाधन परिचालन गरी मर्मतपश्चात् सञ्चालनमा ल्याइसकिएको प्राविधिक हरिशचन्द्र बरालले बताए ।

बीचबीचमा काठको फल्याक र किनारमा बाँसको बार बनाएर अस्थायी रूपमा भए पनि नदी वारपार गर्न सहज बनाइदिएपछि जोखिमपूर्ण रूपमा गर्नुपरेको डुङ्गा यात्राको समस्या समाधान भएको पुछिघाटकी स्थानीय शिक्षक दुर्गा महत बताउँछन् ।

उक्त पुल मर्मत भएसँगै खाँडादेवी–४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने  दुई दर्जनभन्दा बढी बालबालिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट  खाँडादेवी  वारिपारि गर्ने कर्मचारीलाई  निकै सहज भएको स्थानीय इन्द्रबहादुर श्रेष्ठले बताए।

यसअघि भएको पुलको क्षतिपश्चात् जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरिदिएको डुङ्गा (र्याफ्टिङ) भरपर्दो र विद्यार्थीको समयानुकूल नभएपछि विद्यार्थी र किसान यही पुलबाट जोखिम मोलेर भए पनि नदी वारपार गर्न बाध्य थिए । अस्थायी रूपमा मर्मत भएको उक्त झोलुङ्गे पुल लामो समयसम्म नटिक्ने हुनाले यसलाई स्थायी रूपमै बनाउन पहल गर्न स्थानीयले अनुरोध गरेका छन् ।