काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीको गैर जिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।
‘सरकार र मन्त्रीज्यूहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हिजो पनि आज पनि केही मन्त्रालयहरूको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ,’ उनले भने ।
सांसद बस्नेतले निर्धारित समयमा छलफल हुन नसकेका विषयमाथि फेरि समय लिएर छलफल गरिनुपर्ने उनले बताए ।







