२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धौवादी फलाम खानीबाट सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्छौँ’-प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्ने बताएका छन् । 

शुक्रबार ग्वार्को ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै नवलपरासी पूर्वमा रहेको धौवादी फलाम कारखाना सञ्चालनमा ल्याइने बताएका हुन् । 

‘हामी धौवादी फलाम कारखाना अघि बढाउँदै छौँ । धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरू यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठूलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरु खनिजको उत्खनन हुन्छ,’ ओलीले भने ।

खानी तथा भूगर्भ विभागका विज्ञहरूले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा धौवादीमा ड्रिलिङ गरेर नमुना संकलन गरी परीक्षण गर्दा फलाम खानी रहेको यकिन भएको थियो । उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको थियो ।

कम्पनीले नै गरेको एक अध्ययनअनुसार नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्छ । धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलाम खानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातको एक चौथाइ फलाम आयातलाई कम गर्न सकिने कम्पनीको अनुमान छ ।