काठमाडौँ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिकास्थित भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पनौती तर्फबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२.०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला काभ्रे तेमाल गाउँपालिका- का ज्ञान ध्वज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागि घाइते भएका तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपा मृत्यु भएका हो ।
स्कुटरलाई ठक्कर दिई फरार रहेका धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने अजय यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







