२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलो मोटरेबल पक्की पुल प्रदर्शनी मेला आयोजना हुँदै

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने भएको छ। स्थानीय सडक पुल सहयोग इकाई (एलआरबीएसयू) को पहलमा असार १० र ११ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा यो मेला आयोजना गरिने भएको हो।

एलआरबीएसयूका प्रमुख शकील मानन्धरका अनुसार दुई दिने प्रदर्शनीमा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केफ नेपाल, शैक्षिक संस्थान, निर्माण व्यवसायी संघका प्रतिनिधि, निजी क्षेत्रका स्टलहरू र पुल निर्माण तथा डिजाइनसम्बन्धी इन्जिनियर तथा विज्ञहरू सहभागी हुनेछन्।

मेलामा पुल निर्माणमा प्रयोग हुने नयाँ तथा आधुनिक प्रविधिका मोडेलहरू, पुलसँग सम्बन्धित डकुमेन्ट्री, डिजाइनसम्बन्धी जानकारी र देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी गरिनेछ। प्रदर्शनी असार १० गते दिउँसो १:३० देखि ४ बजेसम्म र असार ११ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

यो प्रदर्शनीले नेपालमा पुल निर्माणको दीर्घकालीन विकास र प्रवद्र्धनमा सकारात्मक योगदान पुर्‍याउने इन्जिनियर हरिशंकर जोशीले बताए ।