२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटको ८७ नम्बर बुँदाविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदै

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७ कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो ।

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७ मा खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग र निर्यात गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नम्बर १९९ मा पनि यस्तै खालको व्यवस्था राखिँदा सर्वोच्चले त्यसलाई कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो । तर सर्वोच्चको परमादेशलाई बेवास्ता गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि खानीजन्य र नदीजन्य निर्माण सामग्री निर्यात गर्ने व्यवस्था गरिएपछि अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा विपक्षीहरूलाई एक वर्ष कैद र दश हजार जरिबाना सजाय गर्न, भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गर्न र बजेटको बुँदा नम्बर ८७ कार्यान्वयन नगर्न माग गरिएको छ ।