२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले इरानमाथि आक्रमण गरेर २०२५ जुन २१ मा गरेको संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको दाबी गरेका छन् ।

विज्ञप्ति जारी गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघिदेखि इजरायली विस्तारवादीहरूले अमेरिकी उक्साहटकै आधारमा इरानमाथि हिंसक हमला गर्दै आइरहेका थिए । इरानी जनता त्यसको प्रतिरोध गर्दै आइरहेका थिए । यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धुरा पसेर इरानमाथि अत्यन्त क्रूर र फासिस्ट आक्रमण गरेका छन् र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरेका छन् । अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नांगो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको छ । अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गरेको छ ।’

देश देश बीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरूलाई पनि उल्लंघन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जंगली राजको नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उसले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लंघन गरेको छ र विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उपस्थित गरेको छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट म यो फासिस्ट आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछु ।’

उनले इजरायली विस्तारवादी शासकहरूले युद्ध उन्मादका साथ इरानमाथि नै आक्रमण गरिरहेको बेला अमेरिकी सरकारले इरानमाथि गरेको उपरोक्त आक्रमणले सिंगो विश्वको र विशेष गरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उल्लेख गरेका छन् ।