काठमाडौँ । कानुनमन्त्री अजयकुमार चौरसियालाई पदबाट निलम्बन गरी आवश्यक छानबिन गर्न माग गरिएको छ ।
मंगलबार युवराज सफलले प्रधानमन्त्री कार्यालयमा उजुरी दिँदै उक्त माग गरेका हुन् ।
कानुन मन्त्री चौरसियाले न्यायाधीशलाई प्रभावमा पारेर अफताब आलमलाई सफाइ दिइएको दाबी गर्दै उनीमाथि आवश्यक छानबिन गर्न माग गरेका हुन् ।
आफ्नो मागलाई बेवास्ता गरी उजुरी उपर कारबाही नगरिएमा सोको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने सफलले चेतावनी समेत दिएका छन् ।
जन्मकैद सजाय पाएका आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्धय खुसीप्रसाद थारु र अर्जुन महर्जनले सफाइ दिएका थिए ।








