२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसिकोट नगरपालिकाले ल्यायो ७० करोड १४ लाख बजेट

अ+ अ-

काठमाडौँ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको १८औँ औँनगर सभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

आर्थिक वर्षमा नगरपालिकाले कुल बजेटमध्ये पुँजीगततर्फ २१ करोड ५७ लाख ९० हजार रुपैयाँ र चालु खर्चतर्फ ४८ करोड ५६ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको हिस्सा ठूलो रहेको यो बजेटले सेवा प्रवाह, पूर्वाधार निर्माण र कृषि-शिक्षा-स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।

नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले यस पटकको बजेटलाई रोजगारी सिर्जना, उत्पादन र सेवा विस्तारमा केन्द्रित गर्ने लक्ष्य लिएको बताइन् । ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ भन्ने नारालाई आत्मसात् गर्दै बजेट निर्माण गरिएको उनको भनाइ छ ।

उनले प्रस्तुत गरेको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएकोसमेत बताइन् ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीलगायत सेवा क्षेत्रको पहुँच विस्तारलाई समेत बजेटमार्फत प्राथमिकता दिएको छ । ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल सुधारका लागि छुट्टै योजनासहित रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

मुसिकोट नगरपालिकाको बजेट जिल्लाका १२ वटा स्थानीय तहहरू मध्येको धेरै बजेट हो ।