काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगले मंगलबार साँझ सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९२/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं. १७१९३/०८१-८२ (मधेशी), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरेको जनाएको छ ।








