काठमाडौँ। प्रतिनिधि सभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।
समिति बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो ।
विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसेको थियो ।
विधेयकमा मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ ।
समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधि सभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो ।







