२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी मोबाइल एप’को शुभारम्भ

अ+ अ-

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ ।

कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ । 

एपको शुभारम्भ बिहीबार श्रम मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

मन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगमार्फत पारदर्शिता र नीतिगत निर्णयमा सुधार गर्ने सरकारको योजना रहेको बताए । उनले सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताए । यो एपमा नेपाली र अङ्ग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसको साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको छ ।

त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न यस एपले श्रमिकको आवश्यकताका आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने जानकारी दिए । उनले कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदार नेपालको भविष्यका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे ।

गत हप्ता दूतावासले प्रकाशमा ल्याएको ‘तपाईँ पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका कोरियाको अनुभवका आधारमा सफल व्यवसायीका रूपमा उदाएका ५० जना वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरूको प्रेरणादायी उद्यमशीलता कथाको सँगालोका बारेमा समेत उनले चर्चा गरे ।

कार्यक्रममा नेपाल सरकार, कोरियाली राजदूत तथा दूतावासका प्रतिनिधि, कोइका नेपालका प्रतिनिधि, कोरियामा रोजगारीको अनुभव भएका व्यक्तिहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिलगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

कोरियन सरकारले कोरियामा रोजगारका लागि प्रस्थान गर्नु अगाडि कोरियामा कार्यरत रहँदा र फर्किएपश्चात् उद्यमशीलता प्रवर्द्धनका साथै वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेतर्फ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको यहाँस्थित कोरियन दूतावासले जनाएको छ ।