२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संघीय निजामती ऐनले सरुवा प्रणाली व्यवस्थित गर्छ’ : सांसद अमनलाल मोदी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसद तथा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरुवा प्रणाली व्यवस्थित गर्न संघीय निजामती ऐन अपरिहार्य रहेको बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले संविधान जारी भएदेखि नै संघीय निजामती ऐनको खाका तयार हुँदै आए पनि प्रक्रिया अलपत्र परेको उल्लेख गरे। “संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि निजामती सेवा प्रणालीको प्रभावकारी व्यवान्वयन सबैभन्दा महत्त्वपूर्ण छ,” उनले भने।

मन्त्री हुँदा ऐन निर्माणमा उल्लेखनीय प्रयास गरेको उनको भनाइ छ। “मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मैले ऐन ल्याउने प्रक्रिया अघि बढाएँ। विभिन्न निकाय, तीनै तहका सरकार र कर्मचारीहरूसँग विस्तृत छलफल गरियो,” उनले भने।

मोदीले मन्त्री हुँदा सरोकारवालासँगको सहकार्यमा ऐनको प्रारूप तयार भएको बताए। “संघीयता कार्यान्वयनका लागि यो ऐन अत्यावश्यक छ,” उनले जोड दिए।

उनका अनुसार, कुलिङ पिरियडलगायतका प्रावधान ऐनमा समेटिएका छन्। “हालको अव्यवस्थित सरुवा प्रणालीलाई सुधार गर्न र प्रशासनिक सुधारका लागि यो ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ,” उनले भने।