२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशको बजेटप्रति रुष्ट जनमतको बैठकमा सरकारबारे छलफल

अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सरकारले ल्याएको बजेटप्रति रुष्ट बनेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक संघदेखि प्रदेशसम्मका सरकारबारे छलफल भएको छ।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार छ। तर, अर्थमन्त्री सुनिलकुमार यादवले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमत चिढिएको छ।

हिजो बसेको सचिवालय बैठकमा पार्टीको आन्तरिक गतिविधिदेखि पछिल्ला विकसित घटनाक्रमबारे छलफल भएको प्रवक्ता डा. शरद यादवले बताए। समग्र राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल चलेपछि अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको उनले बताए।

उनले भने, ‘मधेशको बजेटबारे पनि बोल्ने क्रममा नेताहरूले आ(आफ्नो धारणा राख्नुभएको छ। छलफलको क्रममा रहेकाले हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ।’

अर्का एक नेताका अनुसार आफ्नै नेतृत्वको सरकार हुँदा समेत बाइपास गरेर बजेट ल्याइएकाले सरकार छाड्नुपर्ने सम्मको कुरा नेताहरूले उठाएका छन्। अध्यक्ष सिके राउतले पनि मुख्यमन्त्री दिएको छ भन्दैमा जे गरे पनि सही राख्नुपर्ने भन्दै यसअघि नै प्रश्न गरेका थिए।

तर, प्रवक्ता यादवले भने अहिले नै प्रदेश सरकार छाड्ने र संघमा समर्थन फिर्ता लिने गरी पार्टी अघि नबढेको बताए।