२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ लाख ७० हजार ७८० पुग्यो काँग्रेसको क्रियाशील सदस्य  

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यताबारे जानकारी गराएको छ।

१४ औँ महाधिवेशनमा नवीकरण ४ लाख २३ हजार ४३४, नयाँ ४ लाख ४७ हजार ३४६ र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ गरी सो सङ्ख्या पुगेको महामन्त्री थापाले बताए।

क्रियाशील सदस्यता कार्ड छपाइ वितरण ८ लाख ५१ हजार ७८० भइसकेको छ। ७४ ९बारा, डोल्पा र मुस्ताङ १०९४३० जिल्ला बाहेक ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समिति ९ हजार ६१८ वितरण भइसकेको पनि बताए।

सदस्यता नवीकरण असार १२ गतेसम्म प्राप्त जानकारी अनुसार परिपत्रमा तोकिए बमोजिम नवीकरण विवरण प्रविष्ट गरेका बुझाएका ५ जिल्ला, सिस्टममा प्रविष्ट भइरहेका १५ जिल्ला, जिल्लामा निर्णय प्रक्रियामा रहेका १० जिल्ला, वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरहेका ३३ जिल्ला, नवीकरणमा समस्या भएका १४ जिल्ला रहेको बताए।

नयाँ सदस्यता नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९०१ (नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत) पठाइसकिएको, १७ जिल्लाले वडामा सदस्यता फारम पठाएको जानकारी गराए पनि दोलखा बाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण भएको जानकारी प्राप्त हुन नसकेको, हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नको लागि सबै जिल्लालाई जानकारी गराइएको महामन्त्री थापाले बैठकमा जानकारी गराए।

नयाँ सदस्यता उपलब्ध गराउँदा जनसङ्ख्या, मत संख्या, कलष्टर अनुसारको सङ्ख्या र सदस्यताको माग एवं आवश्यकता समेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाई साउनपछि वितरण गर्ने र जनसम्पर्क समिति सदस्यताको व्यवस्था गरी सदस्यता फारम र वितरण प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे।