२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश राउतले भने-‘मैले अरु न्यायाधीशलाई निर्देशित गर्न मिल्दैन’

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् ।

संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधान न्यायाधीश राउतले इजलासमा सँगै बसेका न्यायाधीशको राय स्वीकार गर्नुपर्ने बताए ।

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको पुस्तक, ‘सुनेको शासन, भोगेको प्रशासन’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा उनले सांकेतिक रूपमा चार दिनअघिको फैसला हुँदाको प्रसंग उठाएका हुन् ।

‘न्यायपालिकामा न्यायाधीशले न्यायिक निरूपण गर्दा निर्देशित गर्न पाउँदैन, त्यसो हुन नपाएपछि सबैले आफ्नो सार्वभौमिकताको प्रयोग गरेको हुन्छ’, उनले भने, ‘त्यसलाई सम्मान गर्नुपर्ने ठाउँमा प्रधानन्यायाधीश पनि बस्नुपर्छ ।’

आफू कार्यक्रममा सहभागी हुँदा अर्कै विषयवस्तु उल्लेख गर्ने मनस्थितिका साथ आएको तर, आफूभन्दा अघिल्ला दुई वक्ताले न्यायपालिकाको सन्दर्भमा कुरा उठाएको भन्दै त्यो विषयमा जवाफ दिनुपरेको बताएका हुन् ।

आफूले न्यायपालिकाको जिम्मा लिन्छु भनेको र अहिले पनि त्यो दृढताबाट विचलित नभएको भन्दै उनले नियतमा शंका नराख्न आग्रह गरे ।

चार दिनअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति संविधानसम्मत रहेको ठहर गरेको थियो । त्यो निर्णय सुनाउँदा तीन जना न्यायाधीश एकातिर र दुई जना न्यायाधीश अर्कोतिर भई राय बाझिएको थियो ।

प्रधानन्यायाधीश राउत र न्यायाधीश डा. नहकुल सुवेदीको राय अल्पमतमा परेको थियो । सोही विषयमा कार्यक्रममा प्रश्न उठेको भन्दै प्रधान न्यायाधीश राउतले सबै न्यायाधीशको आ(आफ्नो राय हुने र त्यो विवेकलाई प्रधान न्यायाधीशले निर्देशित गर्न नसक्ने बताएका हुन् ।