२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

अ+ अ-

काठमाडौँ । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुन:निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरूको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे । 

“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठिक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन-मेडिकल मान्छेहरूले गर्ने ?”, सांसद डा शर्माले भने, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लज्जास्पद र दुखद् हो ।”

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरूको पुन:निर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रूपमा पुन:स्थापना र भूकम्पपीडित नागरिकको जीवन रक्षा एवं सम्मानजनक पुन:स्थापनाको माग गरे । पुन:निर्माण व्यावहारिक नहुँदा यी घरहरूमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए । “जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरू अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढी पहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरूको पीडा झन् गहिरिएको छ”, सांसद बस्नेतले भने, “भूकम्पले क्षतिग्रस्त घरहरूको पुन:निर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।”

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गरे । नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरूप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे । उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे ।