२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न

अ+ अ-

बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लामा अवस्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ। समुद्री सतहबाट करिब ४,२२० मिटर उचाइमा रहेको मल्लागिरी पर्वतमा अवस्थित यो मन्दिर नेपालको आस्थाको प्रमुख केन्द्र मानिन्छ।

नेपाली सेनाले मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८१ चैत २८ गतेबाट सुरु गरेको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको हो। पुनर्निर्माणको अवधिमा पनि मन्दिर श्रद्धालु भक्तजनका लागि निरन्तर खुला राखिएको थियो।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधनसहित) को दायराभित्र रहेर पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन र प्राविधिक सहयोगमा परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मन्दिरको मौलिक स्वरूप कायम राख्दै पुनर्निर्माण गरिएको नेपाली सेनाले प्रशासनलाई जानकारी गराएको छ । त्रिवेणी नगरपालिकाको समन्वयमा भक्तपुर र ललितपुरका दक्ष कालिगडहरूले यो कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय र स्थानीयवासीको सहकार्यमा विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौतीका बाबजुद करिब दुई महिनामा यो कार्य सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले प्रशासनलाई जानकारी गराएको छ ।

पुनर्निर्माणले बडी मालिका मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वलाई संरक्षण गर्नुका साथै पर्यटकीय सम्भावनालाई समेत वृद्धि गर्ने अपेक्षा गरिएको छ।