काठमाडौँ । ९० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका अभियुक्त काठमाडौँबाट पक्राउ परेका छन्।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-२४ घर भएका २८ वर्षीय धर्मेन्द्र कुमार पटेल बैंकिङ कसुर अन्तर्गत ९० लाख रुपैयाँ बिगो भएको मुद्दामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनको पक्राउबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।







